जेठ १३,
काठमाडौँ । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ अमेरिकाको मेरिल्याण्डमा
आयोजना हुदैँ छ । उक्त महोत्सवमा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक भएको छ ।
यस सुचिमा मीनबहादुर
भाम निर्देशित ‘शाम्बाला’देखि दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ र विनोद पौडेल निर्देशित ‘भूठान’ लगायतका चलचित्रहरु रहेका छन् । यस
महोत्सवको ओपनिङ फिल्मको रुपमा ‘शाम्बाला’ तय गरिएको छ ।
महोत्सव जुन
महिनाको २६ देखि २९ तारिक सम्म हुनेछ । याहाँ नेपाल, इरान, अमेरिका, साउदी, मेक्सिकोसहित १५ देशका
कथानक, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१
फिल्म प्रदर्शन हुने जनाइएको छ ।
- न्युज बहार संवाददाता