असोज २९, काठमाडौँ । रेखा थापा स्टारर ‘उपहार : लाइफ टु जर्नी’ फिल्म छायांकन सुरु भएको ४७ दिनमा इण्ड-क्ल्याप भएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले घण्टाघरमा अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन टुंग्याएको बताएका हुन ।
निर्देशक देउजा र निर्मात्री तथा अभिनेत्री थापाले छायांकनलाई लिएर आफूहरु सन्तुष्ट रहेको बताका छन । यस फिल्मलाई ज्ञानेन्द्र देउजासँग काम गरेका आठमध्येकै उत्कृष्ट फिल्म भएको रेखाले बताइन् ।
यही विषयमा कुरा गर्दै रेखाले भनिन्, ‘यसलाई अजम्बरी नातादेखि यताकै उत्कृष्ट फिल्म भन्छु, मेकिङ र कन्टेन्टको कुरामा धेरै राम्रो बनेको छ, अघिल्ला फिल्म मालिका र रुद्रप्रियामा जुन समस्या देखियो, त्यसलाई परिपूर्ति गर्ने काम उपहारमा भएको छ ।’
'उपहार’को पहिलो गीत आगामी दशैंको कोजागत पूर्णिमामा ‘सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने रेखाको तयारी रहेको छ।
यस फिल्ममा रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, समर्पणजंग कार्की लगायतको मुख्य भूमिका देख्न पाइने छ ।
- न्युज बहार संवाददाता