फागुन
१४, काठमाडौँ । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज सोमाबर निधन
भएको छ । उनको निधन सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा भएको हो ।
८२
वर्षको उमेरमा आचार्यको निधन भएको हो । झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका आचार्य
बिगत लामो समयदेखि विमारी रहेका थिए ।
भोली मंगलबार
बिहान ९ बजे आचार्यको पार्थिव शरीरलाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको
परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ ।
- न्युज बहार संवाददाता