Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच औपचारिक रुपमै सम्बन्धविच्छेद ।

अंशबण्डा नभएसम्मको लागी मानापाथी भर्ने ।

  •   ४ वर्ष अघि | १५ फाल्गुन २०७९, सोमवार

फागुन १५, काठमाडौं । फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । तीन वर्ष पुरानो मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनुवाइ गर्दै आइतबार अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो । साथै, अंशबण्डा नभएसम्मको लागी मानापाथी भर्न समेत ओझालाई काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतलका न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले यस्तो आदेश दिएको हो । आफ्नो वेबसाइट मार्फत अदालतले शिल्पाको उजुरीमा दाबी पुग्ने फैसला सुनाएको हो ।अदालतको आदेशानुसार अब छविको आधा सम्पत्ति भागबण्डासहित सम्बन्धविच्छेद भई शिल्पाको हुनेछ भने अंशबण्डा नहुन्जेलसम्म छविले शिल्पालाई मासिक रुपमा मानाचामल भर्नुपर्नेछ । रमेशप्रसाद गुरागाईं शिल्पाका कानुन व्यवसायीले शिल्पाले न्याय पाएको अनुभूति गराउन आफूहरु सफल भएको प्रतिक्रिया दिएका छन।

  • न्युज बहार संवाददाता

थप