Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रकाश सपुतले आँफुमाथी बोतल प्रहार गर्ने युवकलाई दिए माफी।

  •   ३ वर्ष अघि | १२ असार २०८०, मङ्लबार

असार १२, काठमाडौँ । गायक प्रकाश सपुतले रोमानियामा भएको कन्सर्टमा आफूलाई बोतल प्रहार गर्ने एक नेपाली युवकलाई माफी दिएका छन् ।

सपुतसँगै बुचारेस्ट पुगेकी गायिका प्रीति आलेले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा प्रकाश सपुतले त्यस युवकलाई माफी दिएको देख्न सकिन्छ ।

उक्त भिडियोमा सपुतले आफुलाई बोतल प्रहार गर्ने ति युवकसँग हात मिलाएको र अँगालो हालेर मिलेको देखिएको छ ।

सार्वजनिक भएको भिडियोमा गायक सपुतले भनेका छन ‘मेरो नाकमा पनि दुखेको छ र मनमा पनि । यसले मलाई भन्दा पनि तपाईंको लाइफमा असर गर्छ । आइन्दा यस्तो काम नगर्नुहोला, तपाईंले गर्दा मेरो मोरल डाउन भएको छ । तपाईंको लाइफलाई तलमाथि हुन नदिन पनि माफी दिएको हुँ ।’

  • न्युज बहार संवाददाता

थप