असोज २१,
काठमाडौँ । निर्माता तथा अभिनेता निश्चल बस्नेतले नेपाल प्रहरीको साइबर
ब्युरोमा आफु अभिनित फिल्म ‘बेहुली फ्रम मेघौली’को महत्त्वपूर्ण दृश्य खिचेर
सामाजिक सञ्जाल हालिएको भन्दै उजुरी दिएका छन् ।
बस्नेतले
पाइरेसीका कारण फिल्मलाई क्षति पुगेको र त्यस्ता काम गर्नेहरुको सामाजिक सञ्जालका
एकाउन्ट ब्लक गर्नका साथै दोषीलाई कारबाही गर्न माग गर्दै उजुरी दिएका हुन् ।
सामाजिक
सञ्जाल मार्फत बस्नेतले आफूले साइबर ब्युरोमा उजुरी दिएको जानकारी दिएका छन् ।
उनले यस विषयमा सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘फिल्म बौद्धिक सम्पत्ति भएको र
जति पनि युट्युब र टिकटक एकाउन्टबाट दृश्य अपलोड भएका छन्, ती एकाउन्ट ब्लक गर्न र पाइरेसी
गर्नेलाई कारबाही गर्न माग गरेको छु ।’
- न्युज बहार संवाददाता