जेठ १६, काठमाडौँ । अन्ततः नेटफ्लिक्सले पासवर्ड सेयरिङ सुविधा बन्द गरेको छ। लामो समयदेखिको पासवर्ड सेयरिङ सुविधा बन्द गर्ने चर्चालाई अन्ततः नेटफ्लिक्सले कार्यान्वयनमा ल्याएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिका र बेलायतबाट नेटफ्लिक्सले यो नियम कार्यान्वयनमा ल्याएको जनाएका छन् । अब ती मुलुकहरुमा परिवारबाहेकका व्यक्तिसँग नेटफ्लिक्सको पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क लाग्नेछ ।
यस सँगै अब अन्य मुलुकमा पनि यो नियम कार्यान्वयन हुन लागेको सञ्चारमाध्यम उल्लेख गरिएको छ ।
- न्युज बहार संवाददाता