Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शनिबार हुने सुशान्त केसीको कन्सर्टमा मेयर बालेनलाई निम्तो, केसीले दिए सामाजिक सञ्जालबाट जानकारी

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

फागुन १९, काठमाडौँ । आगामी शनिबार (फागुन २४ गते) भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना हुदैँ छ । उनी शनिबार सल्लाघारीमा गुञ्जिने तयारीमा रहेका छन् ।

यो कन्सर्टको नाम ‘सुशान्त केसी लाइभ इन नेपाल’ राखिएको छ । उनी यो कन्सर्ट मार्फत साढे २ वर्षपछि पहिलो पटक उपत्यका कार्यक्रम गर्दैछन ।

१५ हजारभन्दा धेरै दर्शक सहभागि हुने बताइएको यो कन्सर्टको तयारीमा गायक केसी जुटेका छन । उनी अहिले यस कन्सर्टमा अन्य चर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने कसरतमा लागेका छन ।

यही शिलसिलामा गायक केसीले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई कन्सर्टमा उपस्थित हुन निम्तो दिएका छन । आज सोमबार गायक केसीले महानगरका मेयस तथा गायक समेत रहेका बालेन शाहलाई भेटेर कन्सर्टको लागि निम्तो दिएका हुन ।

सुशान्तका अनुसार उनले बालेनलाई निम्तो दिएका छन भने उनी कन्सर्टमा सहभागि हुने आशा पनि राखिएको छ । सामाजिक संजालबाट सुसान्तले बालेनसँगको भेटबारे जानकारी दिएका छन् । 

यो अहिलेको प्रतीक्षित कन्सर्ट पनि हो । 

  • न्युज बहार संवाददाता

थप