Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अभिनेता विपिन कार्कीलाई मातृशोक, आफ्नो जन्मदिनको दिन आमालाई दागबत्ती

  •   २ वर्ष अघि | ६ भदौ २०८१, बिहिबार

भदौं ६, काठमाडौँ । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । संयोग नै मान्नु पर्छ आज बिहीबार अभिनेता कार्कीको जन्म दिन थियो तर आजकै दिन उनको आमाको मृत्यु भएको छ । उनले आफ्नो जन्म दिनको दिन आफुलाई जन्म दिने आमालाई दागबत्ती दिनुपर्‍यो । अभिनेता कार्कीकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको हो ।

ललितपुरको पाटन अस्पतालमा उपचारका उनको निधन भएको हो । उनी लामो समयदेखि दीर्घरोगबाट पिडित थिइन । उनको आज बिहीबार बिहान ६ बजे निधन भयो । उनको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

आमाको पार्थिव शरीरमा विपिन कार्की र उनका दाजुले दागबत्ती दिएका छन । 

  • न्युज बहार संवाददाता

थप