माघ २५, काठमाडौँ । भारतीय अभिनेत्री कियारा आडवाणी र अभिनेता
सिद्धार्थ मल्होत्रा विवाह बन्धनमा बाँधिएका छन्।
राजस्थानस्थित
जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा मंगलबार साँझ उनीहरूबीच लगनगाँठो कसिएको हो। मण्डपलाई स्वदेशी र विदेशी फूलहरूले सजाइ शाही परम्पराअनुसार विवाह भएको थियो । विवाह भएसँगै यी दुईले सामाजिक सञ्जालमा फोटो र भिडियो
सार्वजनिक गरेका छन्।
विवाह पछी कियाराले इन्स्टाग्राममा लेखेकी
छिन्, ‘अब हाम्रो स्थायी बुकिङ सकियो। हामीलाई
तपाईको माया र आशिर्वाद चाहिन्छ’।