असार २८, काठमाडौँ। अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बिरुद्ध जिल्ला अदालत काठमाडौँमा हालेको मुद्दामा अभिनेत्री शाहको पक्षमा फैसला सुनाएको छ।
बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला गरेको जिल्ला अदालत काठमाडौँको वेबसाइटमा उल्लेख गरिएको छ।
केही समय अगाडी साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएसँगै भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली-बेइज्जतीमा मुद्दा हालेका थिए।
सोही विषयमा बुधबारै अन्तिम बहस सकिएको र आफ्नो पक्षले मुद्दा जित्ने गरी फैसला आएको साम्राज्ञी शाहका वकिल तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन।
- न्युज बहार संवाददाता