असोज १९, काठमाडौँ । विदेशी नागरिकता एवम् पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न महानायक राजेश हमालले अनुरोध गरेका छन् ।
हमालले पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया कार्यक्रममा बोल्दै आफ्नो यस्तोर राखेका हुन । उनले भने, ‘जहाँ बसे पनि, जहाँको पासपोर्ट र नागरिकता हात पारेता पनि आफ्नो पहिचान आफ्नै हुन्छ।’
यसे विषयमा उनले अगाडी भने ‘पहिचान भन्ने कुरा तपाईंले कसैको देशको नागरिकता लिएर न त्याग्न मिल्छ, न त कसैले तपाईंको पहिचानलाई खोस्न सक्छ । त्यसकारण आफ्नो पहिचान हामिले जोगाइराख्नु पर्दछ ।’
सोही कार्यक्रममा महानायक हमालले युवाहरुलाई समय खेर नफाल्न र कामलाई सम्मान गर्दै मिहिनेत गर्न पनि अनुरोध गरेका छन् ।
- न्युज बहार संवाददाता