जेठ ५, काठमाडौँ । दुई महिनाअघि सार्वजनिक भएको काउली बोलको गितले युट्युबमा एक करोडको भ्युज पाएको छ।
एक करोडको आँकडा पार गरेको खुसियालीमा छ अभिनेता तथा उक्त गितका गायक स्वयम हरिवंश आचार्यले सबै दर्शक श्रोताहरुलाई आभार व्यक्त गरेका छन।
यस ‘काउली’ बोलको गितलाई हरिवंश आचार्य र शान्तिश्री परियारले मिलेर गाएका हुन् । यो रोमान्टिक र डान्सिङ जनराको गित हो। यस गितमा हरिवंशसहित प्रकाश सपुत, प्रियंका कार्की, र बालकृष्ण वलीले अभिनय गरेका छन् ।
यो गितको छायांकन
काभ्रेस्थित हरिवंशको आफ्नै गाउँमा गरिएको थियो गीतले कृषिप्रधान भूगोलको पात्र, मनोदशा र चाहनाका साथै चेलीबेटी
बेचबिखनविरुद्धको सन्देश पनि दिएको छ ।
- न्युज बहार संवाददाता