माघ २९, काठमाडौँ
। श्रीमान् विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध अल्पायु मै पूर्णविराम लागेको गायिका
एलिना चौहानले बताएकी छन्।
एलिना चौहानको
सम्बन्धविच्छेदको मुद्दामा काठमाडौँ जिल्ला अदालतले फैसला गरेसँगै चौहानले सामाजिक
सञ्जाल फेसबुकमा लेखेकी छन ‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा
गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो
सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा
अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै
उस्तै छ।
गनले अगाडी लेखेका छन ‘आजदेखि स्वतन्त्र भएर कानुनी
रूपमै आ–आफ्नो
गन्तव्य तय गर्न बाटो खुलेको छ।’ उनले फेसबुकबाटै विष्णुलाई बाँकी जीवनको शुभकामना
पनि दिएकी छन् ।
- न्युज बहार संवाददाता