Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘मायावी’ फिल्म रिलिजकै दिनदेखि पाइरेसी, साइबर ब्युरोमा उजुरी दिने तयारीमा निर्माता

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

फागुन १५, काठमाडौँ । हिजो बुधबारबाट रिलिजमा आएको फिल्म हो ‘मायावी’ । दर्शकले बिदाको दिनमा सुखद ओपनिङ गरेको फिल्मको कथालाई मन पराएका छन् । तर महाशिवरात्रिको अवसर पारेर रिलिज भएको फिल्म अहिले पाइरेसीको मारमा परेको छ ।

‘मायावी’ रिलिजको दिन अर्थात हिजो बुधबारबाटै टिकटकमा पाइरेसी भएको छ । टिकटकमा अहिले फिल्मको महत्त्वपूर्ण दृश्य समेत  भाइरल भइरहेको छ ।

फिल्मको भाइरल दृश्यले फिल्म प्रति दर्शकको उत्सुकतालाई कम गराउन सक्नेछ । दर्शकले टिकटकमा फिल्मको क्लाइमेक्स समेत खिचेर पोस्ट गरिदिएपछी निर्माण पक्ष यतिबेला तनावमा देखिएको छ ।

महत्त्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराईले आग्रह गरेका छन् । टिकटकमा आएको दृश्यको विषयमा निर्माता साइबर ब्युरोमा उजुरी दिने तयारीमा रहेको उनले बताएका छन । 

  • न्युज बहार संवाददाता

थप