Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

असोज २६ गतेबाट फिल्म ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भस्मे डन’ कात्तिक ४ मा आउने

  •   ३ वर्ष अघि | २२ भदौ २०८०, शुक्रबार

भदौ २२, काठमाडौँ । आगामी असोज २६ गतेबाट फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउने भएको छ । यो फिल्म दसैँको फूलपाती अर्थात कात्तिक ४ मा प्रदर्शन आउने तयारीमा रहेको थियो तर अब एक साता अगाडि नै आउने भएको छ ।

कात्तिक ४ मा रिलिज हुने भनिएको फिल्म ‘पशुपति प्रसाद २ : भस्मे डन’सँग यो फिल्म जुध्न लागेको थियो तर दुबै फिल्मका टिमसँग सल्लाह गर्दै अलग–अलग प्रदर्शन गर्ने सहमती भएको हो । दुबृ टिमको सहमती पछी ‘परदेशी २’ असोज २६ गते र ‘भस्मे डन’ कात्तिक ४ गते बाट प्रदर्शन गर्ने सहमति भएको छ । 

नारायण रायमाझी निर्देशित ‘परदेशी २’ मा गायक प्रकाश सपूतले मुख्य भुमिका निर्बाह गरेका छन यही फिल्म बाट सपुतले अभिनेताको रूपमा डेब्यू गरेका छन । सपुत बाहेक यसमा केकी अधिकारी, दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, भीमा मैनाली, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतले अभिनय गरेका छन ।

‘पशुपति प्रसाद २ : भस्मे डन’ फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन भने पटकथा र निर्माण खगेन्द्र लामिछानेको रहेको छ । विपिनसहित यस फिल्ममा स्वस्तिमा खड्का, सौगात मल्ल, माओत्से गुरुङ, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, मिश्री थापा, लोकेन्द्र लेखक, विभु पौडेल, सजन थापा मगर, र प्रकाश दाहालको पनि अभिनय छ ।

  • न्युज बहार संवाददाता

थप