फागुन १५, काठमाडौँ । यति बेला भोजपुरी फिल्म उद्योगमा शोकमा डुबेको छ । यस उद्योगले एउटा सडक दुर्घटनामा ४ उदीयमान स्टार कलाकार गुमाएको जानकारी प्राप्त भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा चर्चित वेब सिरिज ‘पञ्चायत २’की अभिनेत्री आँचल तिवारी पनि रहेको सञ्चार माध्यमहरुमा छापिएको समाचारहरुले जनाएको छ । समाचारअनुसार सबै कलाकारको सडक दुर्घटनामा मृत्यु भएको हो भने घटनास्थलमै चारै जनाको मृत्यु भएको बताइएको छ ।
मृत्यु गायक विमलेश पाण्डे र छोटु पाण्डे तथा भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव पनि रहेका छन् । आइतबार साँझ बिहारको कैमुरमा देवकाली गाउँ नजिक जीटी रोडमा भएको सडक दुर्घटनामा यी चार कलाकारको मृत्यु भएको हो । सोमबार बिहान मात्रै मृतकहरूको सनाखत भएको र त्यसपछि मात्रै प्रहरीले विज्ञप्ति जारी गर्दै मृत्युको पुष्टि गरेको हुन ।
- न्युज बहार संवाददाता