Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्य प्रति आठ फिल्म संस्थाहरुको आपत्ति।

  •   ३ वर्ष अघि | १९ जेष्ठ २०८०, शुक्रबार

जेठ १९, काठमाडौँ । नेपाली फिल्मसँग सम्बन्धीत आठ संघसंस्थाहरुले राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेट विनियोजन नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्य प्रति उनीहरुले आपत्ति जनाएका छन।

चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार संघका अध्यक्ष मोहन निरौला, नृत्य संघका अध्यक्ष जनक कार्की, आदिवासी जनजाति चलचित्रकर्मी महासंघका अध्यक्ष अमृत सुनुवार, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेट विनियोजन गर्न आग्रह गरेका छन।

  • न्युज बहार संवाददाता

थप