Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हेर्ने होइन त ‘अगस्त्य च्याप्टर १’, महिलाहरूलाई टिकटमा २५ प्रतिशत छुट

  •   ३ वर्ष अघि | ४ चैत्र २०८०, आइतवार

चैत ४, काठमाडौँ । ‘अगस्त्य च्याप्टर १’  प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ तेस्रो सातामा प्रवेश गरेको हो ।

पहिलो सातामा चलचित्रले बक्स अफिसमा उत्साहजनक व्यापार र दोस्रो सातामा औसत व्यापार गरेको निर्माण पक्षले जनाएका छन ।

यसका साथै ‘अगस्त्य च्याप्टर १’ ले समाजमा महिलाहरूले खेल्ने महत्त्वपूर्ण भूमिका र योगदानलाई उच्च सम्मान गर्दै महिलाहरूको लागि चलचित्रमा विशेष छुटको व्यवस्था गरेको छ ।  चलचित्र अगस्त्यको टिकट मूल्यमा चैत ५ गते सोमबार सम्पूर्ण महिलाहरूले २५ प्रतिशत छुट पाउने निर्माण पक्षले जानकारी दिएको छ ।

  • न्युज बहार संवाददाता

थप