असार २७,
काठमाडौँ । टेलिभिजन कार्यक्रमका होस्टहरु विशाल भण्डारी र विक्की अग्रवालविरुद्ध फिल्म
निर्देशक राजु गिरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएका छन ।
फिल्म निर्देशक राजु गिरीले भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी कार्यक्रमले आफुलाई हैरानी दिएको आफ्नो बौद्धिक सम्पत्तिमा धावा बोलेको भन्दै उजुरी दिएका हुन् ।
यसका साथै उजुरिमा निर्देशक गिरिले आफ्नो जीउधनको सुरक्षाको समेत माग गरेका छन।
गिरीले दर्ता गरेको उक्त उजुरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको छ।
- न्युज बहार संवाददाता