मंसिर १, काठमाडौं
। फिल्म ‘दिमाग खराब’ले चलचित्र संघसँगको सहमतिपछि दोस्रो
शुक्रबार बलिउड फिल्म ‘टाइगर ३’ कै हाराहारीमा शो प्राप्त गरेको छ । ‘दिमाग खराब’ ले प्राप्त गरेको शोमा पनि फिल्मको
अकुपेन्सी सन्तोषजनक रहेको छ ।
बिहीबार
प्रदर्शक संस्थासँग भएको सहमतिअनुसार वितरक गोविन्द शाहीले शो प्राप्त भएको बताएका
छन । शाहीले भने ‘पहिलो साता ६ थियो भने दोस्रो साता ८
अनुपातमा शो पाएका छौँ, कतिपय हलमा फिल्मको शो टाइगरको भन्दा बढी पनि छ ।’
दिमाग खराब’को लागि आइतबारसम्मै सार्वजनिक बिदा भएको
र ‘वर्ड अफ
माउथ’ सकारात्मक
भएकोले दोस्रो सप्ताहन्त पनि लाभदायक हुने देखिएको छ ।
- न्युज बहार संवाददाता