वैशाख १०, काठमाडौँ । निर्देशक अशोक थापा र अभिनेता धीरज मगरले पुनः सहकार्य गर्ने पक्का भएको छ । गतवर्षको हिट फिल्म ‘खुस्मा’ फेम्ड थापाको आगामी निर्देशकीय फिचर ‘जलाकी’को शीर्ष भूमिकामा मगर अनुबन्धित भएका छन ।
यो फिल्मको
पहिलो चरणको छायांकन केही दिनअघि सकिएको जनाइएको छ । धीरज भने दोस्रो चरणबाट
छायांकनमा सहभागी हुनेछन । खुस्माकी अभिनेत्री उपासनासिंह ठकुरी समेत यो फिल्मको ‘लिड फिमेल’मा रहेकी छन ।
- न्युज बहार संवाददाता