असार ४, काठमाडौँ । आज सोमबारदेखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गरिएको छ ।
सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगर भित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गरिएको बताएका छन।
मेयर बालेन शाहले अहिले भारतीय फिल्म आदिपुरुषमा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश, संवाद उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले आह्वान गरेको भए पनि सो पुरा नभएका कारण भारतीय चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी गराएका छन।
- न्युज बहार संवाददाता