बैशाख १८, काठमाडौं । नेपाली कला क्षेत्रका कलाकारहरुले पनि वैज्ञानिक महावीर पुनको आन्दोलनमा सहभागी भई ऐक्यबद्धता जनाएका छन् ।
यही शुक्रबारदेखि काठमाडौंको माइतीघरमा महावीर पुनले गरेको आन्दोलनमा कलाकारहरु पुगेर समर्थन जनाइरहेका छन ।
निर्माता तथा अभिनेता निर्मल शर्मा, महेश त्रिपाठी, मनिष राउत र हिमेश पन्तले पनि माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन व्यक्त गरेका छन ।
आविष्कार र नवप्रवर्तनका लागि बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायत विभिन्न माग राख्दै महावीर पुनले गत शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन्
- न्युज बहार संवाददाता