मंसिर १०, काठमाडौँ
। भारतीय बक्स अफिसमा रणवीर कपुर, बबी देओल, रश्मिका मन्दाना, र अनिल कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ले आक्रामक ओपनिङ गर्ने पक्का भएको छ ।
फिल्मले
एड्भान्स टिकट बिक्रीबाटै शनिबारसम्म ३.४ करोड भारु आम्दानी गरेको भारतीय
सञ्चारमाध्यमले जनाएको छ ।
हिन्दुस्तान
टाइम्सका अनुसार हिन्दी, तमिल र
तेलुगू संस्करणमा बुकिङ खुलेको २४ घण्टामै उक्त रकम कमाइ गरेको उल्लेख गरेको छ ।
३६ हजार
टिकट बिक्री भएको र थप ५० हजार टिकट बिक्री हुने क्रममा रहेको भारतीय सञ्चारमाध्यमले
जनाएको छ ।
पिंकभिल्लाका
अनुसार रणवीरको अघिल्लो फिल्म ‘ब्रह्मास्त्र’भन्दा ‘एनिमल’को टिकट बिक्री ६० प्रतिशत उच्च देखिएको
छ । विश्वव्यापी प्रदर्शनको डिसेम्बर १ मा तयारीमा रहेको यो फिल्मले ट्रेलर हिटमा
समेत पठान, जवान र
टाइगर ३ लाई पछी पारेको छ ।
- न्युज बहार संवाददाता