पुस २४, काठमाडौँ । तीन महिनाको अन्तरालपछि अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो मौनता तोड्दै सामाजिक सञ्जालमा एक ताजा तस्वीरसहितको अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी छन् ।
उनले फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित आफ्नो फोटो सेयर गरेकी छन् । फोटोसँगै उनले लेखेकी छन ‘मैले थाहा पाएँ चिसो मौसमको गहिराइमा कि त्यहाँभित्र एक बलियो गर्मीयाम पनि छ।’
- न्युज बहार संवाददाता