Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फूलपातीको दिन प्रदर्शनमा आउने चलचित्र ‘हरिबहादुरको जुत्ता को प्रचारप्रसारमा व्यस्त कलाकारहरु

  •   १२ महिना अघि | १० असोज २०८२, शुक्रबार

असोज १०, काठमाडौँ । आगामी सोमबार फूलपातीको दिन प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ हाल प्रचारप्रसारमा व्यस्त छ।

प्रचारप्रसारका क्रममा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मका निर्माता, निर्देशक र कलाकारहरूले यो फिल्म हेर्नुपर्ने कारणहरूबारे चर्चा गरेका थिए । ट्रेलरबाटै यो फिल्मको कथावस्तु अहिलेको जेनजी आन्दोलन र तिनका मागहरूसँग मेल खाने देखिएको छ।

कार्यक्रममा अभिनेता हरिवंश आचार्यलाई पनि सोही सम्बन्धमा प्रश्न गरिएको थियो। उनले फिल्मको कथा गत वर्ष नै तयार भएको जानकारी दिँदै भने, "अहिलेका युवाहरूले उठाएका मुद्दा र मागहरू नै हाम्रो चलचित्रको कथासँग मिल्छ।"

  • न्युज बहार संवाददाता

थप