असोज १४, काठमाडौँ
। भर्खरै अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयतर्फ लगिएको छ । महानगरीय
प्रहरी परिसर टेकुमा उनिसँग भएको तीन घण्टा लामो सोधपुछपछि म्याद थपका लागी उनलाई
सरकारी वकिलको कार्यलय लगिएको हो ।
प्रहरीले
गरेको उक्त सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोजेको तर ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको
बताएका छन । उनले ‘रावायण’ फिल्मको स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट
अस्वीकार गरेको पनि प्रहरीको सोधपुछमा बताएका छन ।
- न्युज बहार संवाददाता