साउन ९, काठमाडौँ । स्थानीय न्यायिक निरूपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरिएको छ ।
‘उ गरेर उ गरौँ’ फिल्मको सोमबार साँझ जमलस्थित विश्वज्योति चलचित्र भवनमा विशेष प्रदर्शन गर्दै सार्वजनिक गरिएको हो ।
‘मेट्रो न्युज युट्युब’ मार्फत चलचित्रलाई विशेष प्रदर्शनसँगै सार्वजनिक गरिएको हो ।
चलचित्रलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्देशन गरेका हुन्।
विशेष प्रदर्शन कार्यक्रममा न्यायिक समितिकी संयोजक एवं काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललको पनि सहभागिता रहेको थियो।
यस लघु चलचित्रमा निर्देशक आचार्यको कथा, पटकथा तथा संवाद रहेको छ भने यसमा मह जोडीसँगै रवि डंगोल, बसुन्धरा भुषाल, नरेन्द्र कंसाकार, प्रदीप बास्तोला, आरजु कार्की, विगिसा अधिकारी, शालिनी विष्ट भट्टराई, सुनिता श्रेष्ठ, मञ्जु श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता