Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सांगीतिक समूह नेपथ्यको जीवनीमा आधारित पुस्तक प्रकाशित हुने

  •   २ वर्ष अघि | १६ पुस २०८१, मङ्लबार

पुस १६, काठमाडौँ । सांगीतिक समूह नेपथ्यको जीवनीमा आधारित पुस्तक प्रकाशित हुने भएको छ । पुस्तकको नाम ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरंग’ रहने छ । पुस्तक प्रकाशन हुने भएपछी पुस्तकको अग्रिम बुकिङ पनि खुला गरिएको छ ।  

ब्याण्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङका अनुसार अहिले सम्म अनेक जिज्ञासाहरूको जवाफ दिँदैआएकोमा अब नसोधिएका थुप्रै प्रश्नहरूको उत्तर यो पुस्तकले दिने छ ।

उक्त पुस्तकमा नेपथ्यको जन्म, उतारचढाव तथा गीतहरूको खोजीमा गरिएका संघर्षहरूको अनुभव पढ्न सकिने अमृत गुरुङले जनाएका छन ।

पुस्तक अग्रिम बुकिङका लागि नेपथ्य ब्याण्डको वेबसाइट www.nepathya.com.np मा गर्न सकिने छ ।  अनलाइनबाट बुकिङका गर्दा १३ वटा फरकफरक स्किम उपलब्ध हुनेछ ।

  • न्युज बहार संवाददाता

थप