साउन २३, काठमाडौँ । प्रज्ञा भवन कमलादीमा कोरोना पछिको पहिलो गाईजात्रा आयोजना हुने भएको छ । यही भाद्र १३ गतेदेखि १८ गतेसम्म '८० सालको गाईजात्रा' नाम दिइएको यो कार्यक्रम आयोजना हुन लागेको हो । यस गाईजात्रा कार्यक्रमको आयोजक ब्राण्डवर्थ प्राली रहेको छ ।
ब्राण्डवर्थ प्रालीले लायन्स तथा जेसीस लगायतका संस्थाहरुसंगको सहकार्यमा यसवर्ष उपत्यका बाहिर पनि '८० सालको गाईजात्रा' कार्यक्रम आयोजना गर्दै छ । बर्दिबास, विराटनगर, सैनामैना, चन्द्रनिगाहपुर र दाङमा पनि कार्यक्रम हुने पक्का भईसकेको छ । साथै यस बाहेक अन्य मुख्य सहरमा पनि '८० सालको गाईजात्रा' आयोजना हुनेछ।
'८० सालको गाईजात्रा' मा मनोज गजुरेल र शैलेन्द्र सिंखडाका साथै सुबोध गौतम, टीका भण्डारी, सुन्दर खनाल, मेक्सम गौडेल, राधिका कँडेल, सीता न्यौपाने, दीपकप्रसाद आचार्य ‘काकु’, रुविना अधिकारी, प्रभात लामा लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती द्वारा मज्जाले दर्शक हँसाउनेछन् ।
- न्युज बहार संवाददाता