Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

युवाहरु सयपत्री फुल खेतीतर्फ आकर्षित

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

कात्तिक ६, तनहुँ । तनहुँ जिल्लाका किसान सयपत्री फूलखेतीमा आकर्षित हुन थालेका छन् । सयपत्रीको माग आहिले स्थानीयस्तरमा तिहार तथा हरिबोधनी एकादशीका साथै मंसिरमा हुने बिबाह ब्रतबन्धका लागि हुने गरेको छ ।  यसका साथै अन्य कार्यक्रमहरुमा पनि यसको माग बढ्दो छ । यही बढ्दो मागलाई ध्यानमा राख्दै किसान यसतर्फ आकर्षित भएका हुन् । स्थानीय तहले पनि सयपत्री फूलखेतीलाई सहयोग गर्न थालेको छ । 

यसै वर्षदेखि पहिलोपटक तनहुँ म्याग्देका तीन जना युवाले सयपत्री फूलखेती सुरु गरेका छन् । साढे दुई रोपनी जग्गामा म्याग्दे गाउँपालिका६ धैरेनीमा स्थानीय तिन युवाहरुले सयपत्री फूलखेती सुरु गरेका हुन्। 

तिन युवाले लगाएको फुल अहिले पुल्न सुरु गरिसकेको छ । तिनमध्ये एक युवाका अनुसार दुई हजार पाँच सय फूल लगाइएकोमा तिहारका बेला स्थानीयस्तरमै फूलको माग राम्रो रहेको छ । अहिले स्थानिय सँगै पोखरामा पनि फुल बिक्रीका लागि सम्पर्क भइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप