साउन १३, काठमाडौँ । आज विश्व बाघ दिवसका अवसरमा यसवर्ष नेपालमा पनि विश्वमा झैं विभिन्न कार्यक्रम गरी मनाइँदैछ भने यसवर्षको बाघ दिबसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।
दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा वन तथा वातावरण मन्त्रालयले विशेष कार्यक्रम आयोजना गरेको छ ।
यसैगरी मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको जनाएको छ ।
यसैगरी विभागका उपमहानिर्देशक अजय कार्कीले आज बाघ दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे कार्ययोजना सार्वजनिक गर्न लागिएको जानकारी दिएका छन ।
उनले यस कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको बताएका छन ।
- न्युज बहार संवाददाता