साउन १६, काठमाडौँ । पहिलोपटक आज नेपालमा राष्ट्रिय कोदो दिवस मनाइएको छ। कोदो नेपालको चौथो मुख्य बाली हो।
पहाडी र
तराई क्षेत्रका किसानले कोदोखेती गर्न अरुची देखाएका छन्। विगतमा पहाडमा मकैपछिको
दोस्रो मुख्य बालीका रूपमा खेती हुँदै आएको थियो तर केही वर्षयता ती भेगका किसानले
पनि यसलाई खासै महत्व नदिएको पाइन्छ।
कोदोलाई कुनै
समय गरिबको खाना भनेर होच्च्याइने गरिएको थियो। अहिले कोदोबाट बन्ने परिकारको माग
हाल सहर बजारमा बढेको छ।
कृषि
क्षेत्रका जानकारहरूका अनुसार कम खर्चमा यसको खेती गर्न सकिन्छ। कोदो तराईदेखि
उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा कम मलिलो तथा सुक्खा जग्गामा खेती गर्नसकिने
उनीहरूको भनाइ छ।
नेपालमा गत
वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट तीन लाखभन्दा बढी मेट्रिक टन
उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याङ्कमा उल्लेख्य रूपमा वृद्धि गर्ने गरी सरकारले
कार्यक्रम अघि सारेको छ।
- न्युज बहार संवाददाता