मंसिर १९, काठमाडौँ । आज दसौँ विश्व माटो दिवस मनाइँदै छ । यस वर्षको यस दिवसको मुल नारा ‘माटो र पानी, जीवनको थालनी’ भन्ने रहेको छ । यस विश्व माटो दिवसको अवसरमा विभिन्न जिल्लाबाट ३ हजार ४ सय ७५ वटा माटोको नमुनाहरू सङ्कलन गरिएको छ ।
माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा श्रीप्रसाद विष्टका अनुसार ‘विश्व माटो दिवस २०२३’ को अवसरमा सो सङ्कलित माटोको नमुनाहरुमध्ये उत्कृष्ट तथा मलिलो माटोको २ जना किसानलाई सम्मान गरिने छ ।
उनको भनाई अनुसार नेपाली माटोमा भू–क्षय, माटो बगेर जानु, अम्लीयपन, माटोमा केही मात्रामा प्रदूषण हुनु, विषादीको प्रयोगले माटो कडापन हुनु, कृषि यन्त्रको प्रयोगले माटोको संरचना बिग्रिनु लगायत समस्या रहेको छ ।
- न्युज बहार संवाददाता