Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुन सक्ने

  •   ३ वर्ष अघि | १० कार्तिक २०८०, शुक्रबार

कार्तिक १०, काठमाडौँ । प्याजको नेपाली बजारमा मूल्यवृद्धि हुने देखिएको छ । छिमेकी राष्ट्र भारतमा प्याजको मूल्यवृद्धि भएकोले यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने देखिएको हो ।

प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

मुख्य गरी भारतमाथि नै नेपाली बजार तथा भान्सा प्याजका लागि निर्भर रहेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले उता भारतमा मूल्यवृद्धि हुँदा यता प्रत्यक्ष असर पर्ने बताउँछन । उनले भने  ‘पूर्णरुपमा नेपाली बजार भारतीय बजारमा निर्भर रहेको छ, उताका वस्तुमा मूल्यवृद्धि हुँदा यता पनि भाउ बढ्छ नै ।’  

औसतमा दैनिक ९० देखि एक सय टन प्याज कालीमाटी बजारमा मात्रै भारतबाट आयात गर्ने गरिन्छ ।

  • न्युज बहार संवाददाता

थप