Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

इलामका युवाहरु चौँरीपालनतर्फ आकर्षित हुदैँ

  •   ३ वर्ष अघि | १५ भदौ २०८०, शुक्रबार

भदौ १५, फिक्कल । इलामका युवाहरु चौँरीपालन गरेर व्यावसायिक बन्न थालेका छन् । इलामको लेकाली क्षेत्रका युवाको लोप हुँदै गएको चौँरीपालन पेसाप्रति आकर्षण बढेको हो ।

वैदेशिक रोजगारीमा गएको १० वर्षपछि सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई स्वदेश फर्किएर अहिले चौँरीपालन गरिरहेका छन् । परम्पारगतरूपमा यस ठाउँको धुपी क्षेत्रमा चौँरीपालन हुँदै आएको थियो । अहिले राईको गोठमा २५ चौँरी रहेका छन् । घरपालुवा उराङ जातिका चौँरी पालेका छन ।

त्यसैगरी सन्दकपुर–४ को बिखेभञ्ज्याङ क्षेत्रमा पनि चौँरीपालन गरिँदै आएको छ । यस क्षेत्रका चौँरी पाल्ने किसानले दूध, घ्यू र छुर्पी बेचेर वार्षिकरूपमा रु पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । अहिले युवाले हिमाली क्षेत्रको आम्दानीको स्रोतका रूपमा रहेको चौँरीपालनमा सक्रियता देखाएका छन् ।

शीतल–सुन्दर घाँसेमैदान र लेकाली हावापानीमा सन्दकपुर–२ को धुपीक्षेत्र चौँरीपालनको पकेट क्षेत्र बनेको छ । चौँरी जङ्गली  र घरपालुवागरी दुई प्रकारको हुन्छ । 

  • न्युज बहार संवाददाता

थप