Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सिङगो गाउँ नै लसुन खेतीमा आकर्षित

  •   ३ वर्ष अघि | २८ कार्तिक २०८०, मङ्लबार

कार्तिक २८, रुकुम पश्चिम : रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१० को सिङगो गाउँ नै वडालाई आर्थिक रुपमा समृद्ध बनाउन लसुन खेतीमा लागिपरेको छ ।

वडाको झ्याङ टोलमा २०७५ सालअघि थोरै मात्रामा किसानले लसुन खेती गर्ने गरेका थिए तर त्यसपछि  व्यावसायिक रुपमा झ्याङका १२ किसानले एकैपटक लसुन खेती गर्न थालेपछि वडाको सिङगो गाउँ नै हाल व्यावसायिक लसुन खेतीमा आकर्षित भएको छ ।

वडाले २०७५ सालमा वडाका किसानलाई व्यावसायिक लसुन खेतीमा आर्कषण तथा आर्थिक रुपमा समृद्ध बनाउन पहिलोपटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो । वडाध्यक्ष धनबहादुर खड्का अनुसार त्यसयता वडामा व्यावसायिक रुपमा किसालने लसुन खेती गर्न थालेको बताउ ।

“ २०७५ सालसम्म किसानलाई आफूले उत्पादन गरेका लसुनलगायत तरकारी र अन्य कृषि उपज डोकोमा बोकेर करिब पाँच घण्टा हिडेर सदरमुकाम मुसीकोट खलङ्गासम्म लगेर बेच्नु पर्ने बाध्यता थियो”, उनले भने “२०७६ सालदेखि गाउँ सडक सञ्जालमा जोडिएपछि भने किसानले उत्पादन गरेको लसुनलगायत अन्य उत्पादित तरकारी गाडीमा राखेर बजारसम्म लैजान थालेका छन्।”

पहिलोपटक वडाले १२ जनालाई  लसुनको बीउ वितरण गर्‍यो । अहिले  किसानहरु वडाबाटै लसुन विक्री हुने र राम्रो आम्दानी हुने भएकाले लसुन खेतीतिर आकर्षित भएका हुन् ।

गत वर्षमात्रै जिल्ला बाहिर पाँच सय क्विन्टल लसुन बिक्री गरेर झण्डै रु पचास लाख रकम किसानले हात  पारेका थिए ।

  • न्युज बहार संवाददाता

थप