Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धानका ब्याड सुके, रोपेको खेतमा धाँजा फाट्यो

  •   १ वर्ष अघि | १२ साउन २०८२, आइतवार

साउन ११, काठमाडौँ । यस वर्ष मनसुन कमजोर हुँदा देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशको धान रोपाइँ गम्भीर रूपमा प्रभावित बनेको छ।

हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि महोत्तरीमा किसान चिन्तित बनेका छन भने जेनतेन रोपाइँ गरिएको खेतमा सुख्खाले धाँजा फाटेको छ।

महोत्तोरी जिल्लाको उत्तर पश्चिमी क्षेत्रका किसानले मोटर, नदीनाला, डिजेल पम्प, इनार, ट्युवबेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सफल भए पनि जिल्लाभरि रोपाइँको अवस्था सन्तोषजनक छैन।

पानी नपर्दा किसानले रोपाइँको लागि राखेको धानका ब्याड सुक्न थालेको छ भने रोपिएको खेतमा धाँजा फाट्न फाटेको छ।
संघीय मन्त्रिपरिषद्ले मधेश प्रदेश सरकारको सिफारिसमा उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।

अहिले मधेश प्रदेश खेतिको लागि पानि त छैन नै अर्को तर्फ पिउने पानिको नि हाहाकार छ । पिउने पानिको धारा, कल, ट्युवबेल, पम्प सबैमा पानि सुकेको छ ।

  • न्युज बहार संवाददाता

थप