साउन ४, काठमाडौँ । अहिले आँप सिजन चलिरहेको छ । नेपाली बजारमा आँपको मूल्य बढेको छ। नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौँका अनुसार माग अनुसार आँपको आपूर्ति नहुँदा मूल्य बढेको हो ।
अहिले बजारमा
आँप एकदमै कम आएको र मूल्य बढेको हो । आँपको मूल्य बढ्न थालेको दुई/तीन दिन भएको छ । बजारमा दसहरी र मालदह जातका आँप आइरहेको छ। होलसेलमै यी
आँपको मूल्य अहिले एक सय २५ रूपैयाँदेखि एक सय ३० रूपैयाँ पुगेको संघले जनाएको छ ।
यसअघि यी
आँप प्रतिकिलो थोक मूल्य एक सय रूपैयाँमा कारोबार भइरहेको थियो। नेपाली आँपको सिजन अहिले बजारमा
सकिन लागेकाले मूल्य बढेको हो ।
अहिले
भारतीय आँप आइरहेको छ । स्वदेशी आँपको उत्पादन भने सकिएको छ।
- न्युज बहार संवाददाता