माघ ८, काठमाडौँ
। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा
विदेशबाट अर्बौ रुपैयाँको आलु र प्याज भित्रिएको छ । साउनदेखि पुस महिनासम्मको
अवधिमा अर्बौ रुपैयाँभन्दा धेरैको आलु र प्याज तथ्यांकले देखाएको छ ।
यस
अवधिमा ४ अर्ब ९ करोड ४० लाख रुपैयाँभन्दा धेरैको आलु आयात भएको तथ्यांकले जनाएको
छ । यस ६ महिनाको अवधिमा १६ करोड २० लाख किलोग्रामभन्दा धेरै आलु आयात हुँदा राज्य
कोषमा १ अर्ब १ करोड रुपैयाँ संकलन भएको छ ।
यसैगरी
यस अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा धेरैको प्याज भित्रिएको छ । तथ्यांक अनुसार
यस अवधिमा ४ करोड ६१ लाख किलोग्राम प्याज आयात हुँदा राज्य कोषमा ४७ करोड ३६ लाख
रुपैयाँ जम्मा भएको छ ।
भन्सार
विभागको तथ्यांकले आलूका साथै प्याजको आयातमा समेत भारी गिरावट आएको देखाएको छ ।
तथ्यांकअनुसार गत आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ अर्ब १५ करोड रुपैयाँको प्याज
भित्रिएको थियो । जुन, चालू
वर्षको तुलनामा १ अर्ब २४ करोडले बढी हो ।
- न्युज बहार संवाददाता