Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि अनुदान दिने गाउँपालिकाको निर्णय।

  •   ४ वर्ष अघि | २७ बैशाख २०८०, बुधबार

बैशाख २७, पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिकाले सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकूलको शिक्षाका रूपमा विकास गर्ने अभियान सञ्चालन गरेको छ। उक्त अभियान अन्तर्गत गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि अनुदान दिने भएको छ ।

गाँउपालिकाले गाउँपालिकामै सञ्चालित बाली विज्ञान पढ्ने विद्यार्थीका लागि बार्षिक रु ३६ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको मङ्गलबार बसेको बैठकले जलजला गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी आधारभूत तह कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा ग्रामप्रकाश मावि जलजला–५ लेकफाँटमा प्राविधिक धारतर्फ ९बाली विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै उक्त सुविधा दिने भएको जानकारी दिएका छन ।

अध्यक्ष आचार्यले प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न गाउँपालिकाले यो अवधारणा ल्याएको बताएका हुन ।

उनले अहिले विद्यालयमा कक्षा ८ उत्तीर्ण गरी ९ मा गएका ३९  विद्यार्थी कृषि विषय लिएर पढ्न चाहेको र अन्यत्रबाट पनि कृषि प्राविधिक पढ्न इच्छुक विद्यार्थी आउने सम्भावना रहेको बताएका छण ।

विसं २०१५ मा स्थापना भएको उक्त विद्यालयमा अहिले दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। 

  • न्युज बहार संवाददाता

थप