Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चियामा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु, चिया किसान व्यस्त

  •   २ वर्ष अघि | २२ चैत्र २०८०, बिहिबार

चैत २२, इलाम । चियाको हब इलाम जिल्लामा यतिबेला चियाको पहिलो टिपाइ सुरु भएको छ । इलममा भएका बगानहरुको चियामा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो ।

किसानको भनाइ अनुसार यस वर्ष ढिलो पानी परेकाले चिया पनि ढिलो गरी नै पलाएको हो । गएका वर्षहरुमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको थियो । तर यस वर्ष पानि ढिला परेकोले चैत अन्तिममा मात्र चियाको टिपाइ सुरु भएको हो ।
अहिले जिल्लाको तल्लो क्षेत्रमा चिया टिप्न सुरु गरिएको छ भने माथिल्लो क्षेत्रमा अझै चिया पलाइसकेको छैन । किसान ठाकुर खतिवडाका अनुसार लेकाली क्षेत्रमा अझै मुना पलाएको छैन । यो समयमा मध्यम र तातो बढेका क्षेत्रमा मुना पलाएकाले चिया टिप्न सुरु गरिएको जनाइएको  छ । चियाको पहिलो उत्पादन गुणस्तरीय हुने गर्दछ भने यो पहिलो चिया महङ्गो मूल्यमा बिक्ने गरेको छ ।
पहिलो टिपाइलाई ‘फस्ट फसल’ भन्ने गरिन्छ । ‘फस्ट फसल’ बाट गुणस्तरीय चिया निर्माण हुने भएकाले विदेशी नागरिकले समेत पहिलो टिपाइ नै खोज्ने गरेका छन् । बगानका मजदुर चियाको टिपाइ सुरु भएपछि व्यस्त बनेका छन् भने चिया कारखानाले पनि चिया प्रशोधनको तयारी सुरु गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप