Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जङ्गली जनावबाट बाली जोगाउन रातभर मचानमा बास

  •   ३ वर्ष अघि | १४ फाल्गुन २०८०, सोमवार

फागुन १४, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन जोडिएको छ । एकतिर राष्ट्रिय निकुञ्जसँग जोडिएको उनको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ ।

नन्दा गिरीको बेलडाँडी–५ झिलमिलामा बस्ने घर छ । गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरको बीच भएर चौधर नदी बग्ने गर्छ । झिलमिलामा बसोबासका लागि घर भएपनि जङ्गली जनावरका कारण उनको बासस्थान भने राधापुरमा हुने गरेको छ । उनका अनुसार निकुञ्जका जनावरहरुबाट आफुले लगाएको खेती जोगाउन राधापुरमा मचान बनाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । 

उनले भने, “निकुञ्जबाट जनावर आएर बाली जोगाउनै हम्मेहम्मे पर्छ, खेतमै मचान बनाएका छौँ । राति पनि त्यहीँ मचानमा बसेर जनावर धपाउने गरेका छौँ ।”

गिरीको मात्रै होइन, यहाँका करिब ५५ किसान परिवारको अवस्था यस्तै रहेको छ । राधापुरमा करिब ७२ बिगाह जमिन रहेको छ भने जनावर धपाउन बास बस्नका हरेकको जमिनमा मचान बनाएको छ। जनावर धपाउन खेतमा यहाँका किसानले प्लाष्टिक झुण्ड्याउनेदेखि मान्छेका आकारको जस्तै देखिने बुख्याचासमेत राखेका छन् । 

  • न्युज बहार संवाददाता

थप