बैशाख २५, सिन्धुली । सिन्धुलीका अधिकांश जुनार बगैँचामा
प्रोटिन–वेट
छिट्न सुरु गरिएको छ । प्रोटिन–वेट छर्किनुको मुख्य उदेश्य बनेको जुनारमा लाग्ने औँसा कीरा
व्यवस्थापनका हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका
प्रमुख यमकुमार श्रेष्ठका अनुसार प्रोटिन–वेटले जुनार तथा सुन्तला जातका
फलफूलमा लाग्ने औँसा कीरा व्यवस्थापन हुने गर्दछ ।
उनका
अनुसार प्रोटिन वेट विषादीयुक्त हुन्छ र यो जुनारको फल कुहाउने औँसा
नियन्त्रणका लागि छरिएको हो ।
प्रोटिन वेटमा कीरा आकर्षित हुन्छ, यसले प्रोटिन वेट सँगसँगै
विषादी पनि खान्छ र मर्छ, त्यसपछी
जुनारको फलमा किराले अण्डा पार्न सक्नैन् र किराको औँसा विकास हुन पाउँदैन
। यसरी फल जोगाउन प्रोटिन वेट छर्किने
गरिन्छ ।
अहिले
बोटमा जुनारको फल गुच्चा आकारको भएको समयमा बगैँचाको प्रत्येक तीन बोट बराबर एक
बोटको कुनै एक छेउमा प्रोटिन–वेट छर्कने गरिएको छ ।
स्प्रेकर्तालाई तालिम दिएर जुनार बगैँचामा प्रोटिन–वेट छर्किन बगैँचामा खटाइएको छ
।
सिन्धुली
जिल्लाको सुनकोसी, गोलन्जोर, तीनपाटन र फिक्कल गाउँपालिका तथा कमलामाई
नगरपालिकाको वडा नं ३ लाई जुनारका ‘पकेट क्षेत्र’ मानिन्छ ।
- न्युज बहार संवाददाता