Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पशुपालक किसानलाई गोठालो भत्ता दिइने

  •   २ वर्ष अघि | २६ बैशाख २०८१, बुधबार

बैशाख २६, कालीकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले गाउँपालिकामा रहेर पशुपालन गर्ने किसानहरुलाई गोठालो भत्ता दिने भएको छ ।

‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलका अनुसार गाउँपालिकाले स्थानियस्थरमा पशुपालन बढाउन किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै पशुपालक किसानलाई मासिक रु एक हजार प्रदान गरिने लागिएको हो ।

चारवटा भैंसी, ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइने गोठालो भत्ता कार्यविधिमा उल्लेख गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप