जेठ १२, काठमाडौँ । चीनबाट गरिने लसुनको आयातमा चालु आर्थिक वर्षमा
तीव्र उतारचढाव भएको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७ अर्ब २४ करोड
रूपैयाँको लसुन चीनबाट आयात भएको तथ्याङ्कले जनाएको छ।
नेपालले चालु
आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म मात्रै ५ करोड १२ लाख किलो लसुन आयात
गरिसकेको थियो भने यसको मूल्य ६ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी हुन आउँछ।
अघिल्लो
वर्षको तुलनामा यो परिमाण झन्डै पाँच गुणा र मूल्यका हिसाबले चार गुणा बढी हो।
माघसम्मकै अवधिमा गत वर्ष १ करोड ४८ लाख किलो लसुन १ अर्ब ९७ करोड रुपैयाँमा आयात गरिएको थियो।
वार्षिक आयात त्यसअघि कहिल्यै पनि १ करोड किलो नाघेको थिएन। चाइनिज लसुन आकारमा ठूलो, भण्डारण गर्न सजिलो, चम्किलो र छिल्न सहज हुने भएकाले भारतमा यसको आकर्षण बढी रहेको छ।
- न्युज बहार संवाददाता