Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपालमै स्वरोजगार, सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी

  •   १ वर्ष अघि | २८ फाल्गुन २०८१, बुधबार

फागुन २८, सुनसरी । सुनसरी जिल्ला रामधुनी नगरपालिका२ स्थानिय किसान सुरकुमार राई विदेशबाट फर्किएर नेपालमै स्वरोजगार बनेका छन । उनी अहिले नेपालमै स्वरोजगार किसानको एक उदाहरण बनेका छन ।  उनले रु ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट अहिले वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन् । 

उनले विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरे अनि अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जी समेत खेती गरिरहेका छन् । उनको बारीमा अहिले गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन् ।

दैनिक ज्यालादारीमा  तीन जना कार्यरत रहेको उनको बारीमा अहिले गोलभेँडाको सिजन अलि कम हुँदै गएका कारण तीनजना मात्र कामदार छन, गोडमेल, मल हाल्ने मुख्य सिजनको समयमा १० जनासम्म कामदार रहने गरेका छन ।

उनले उत्पादन गरेको सागसब्जी बिक्रीका बजारको चिन्ता नभएको उनले बताएका छन । उनका अनुसार साग सब्जी बजार लानु पर्दैन, खरिद गर्न व्यापारी आफैँ फार्ममा आउँछन ।

  • न्युज बहार संवाददाता

थप