पुस १७, इलाम । इलाम नगरपालिका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । अन्यत्र सुन्तला उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । चापागाईँले भने “मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु।”
उनले सुन्तला
लगाएको पहिलो वर्ष केबल रु तीन हजारमा सुन्तला बिक्री गरेका थिए । आफ्नो बगानको
सुन्तला पाक्न नपाउँदै यस वर्ष रु १० लाखमा बिक्री भएको बताएका छन । जिल्लाका
विभिन्न ठाउँमा सुन्तला मासिदै गएका छन । अहिले चापागाईँको जस्तो बगान भेट्न निकै
मुस्किल पर्ने गरेको छ । उनका अनुसार गत वर्ष रु चार लाखमा बिकेको बगानमा यस वर्ष
उत्पादन राम्रो भएको छ, धेरैतिर उत्पादन
कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका हुन ।
चापागाईँको
बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने कृषि
ज्ञान केन्द्र इलामले जनाएको छ । किसानलाई सुन्तलाखेतीमा अनुदान र प्राविधिक सहयोग
गरिरहेको केन्द्र प्रमुख टोनी बर्देवाले केन्द्रले बताएका छन । बर्देवाका
अनुसार गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यस
वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। विगतको तुलनामा यो
वर्ष इलाममा सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत घटेको छ भने आर्थिक वर्ष २०८०-८१ मा दुई सय ७८ दशमलव पाँच
हेक्टरमा मात्र सुन्तलाखेती भएको कार्यलयले जनाएको छ।
- न्युज बहार संवाददाता