बैशाख १२, काठमाडौँ। असिनासहितको वर्षाले कृषिबालीमा क्षति पुर्याएपछी किसनालाई राहत उपलब्ध गराउन सिफारिस गरिएको छ ।
झापाको कनकाई र विर्तामोडमा केही दिन यता परेको अहसिनापानिले पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको मकै र तरकारीबालीमा क्षति पुर्याएपछी किसानलाई राहत उपलब्ध गराउन कृषि मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिएका छन ।
असिनासहितको वर्षाले झापाको कनकाई र विर्तामोडमा सबैभन्दा बढी क्षति गरेको थियो ।
कार्यालय प्रमुख विष्टले उत्पादन लागतको आधारमा मकैको प्रतिकठ्ठा रू दुई हजार १३ र तरकारीको रू पाँच हजार एक सय ३० निर्धारण गरी राहतका लागि सिफारिस गरेर पठाइएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता